काठमाडौं - चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडी गाडीका आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले गाडी प्रेमीहरूका लागि 'एक्स्चेन्ज फेस्ट' कार्यक्रमको आयोजना गरेको छ।
यो विशेष अफर ९ गतेबाट सुरु भई आजसम्म चल्नेछ। यस अफरअन्तर्गत, ग्राहकहरूले पुराना गाडीलाई नयाँ र वातावरणमैत्री इलेक्ट्रिक गाडी साट्न सक्नेछन्।
बीवाइडीको पुल्चोक शोरुमका म्यानेजर लुज महर्जनले नेपालभरि बीवाइडीका १८ वटा शोरुम रहेका जानकारी दिए । एक्स्चेन्ज फेस्ट कार्यक्रम सबै शोरुममा लागू हुने उनले बताए। महर्जनका अनुसार, यस अफरमा ग्राहकलाई बोनस, लोयल्टी बोनस, निःशुल्क एसेसरिज, फ्री चार्जर जडान, र इन्स्योरेन्स जस्ता आकर्षक सुविधाहरू प्राप्त हुनेछन्।
बीवाइडीका प्रमुख मोडेलहरू, जस्तै बीवाइडी अटो ३ र बीवाइडी इ९६, ग्राहकहरूले पुराना गाडी साटेर प्राप्त गर्न सक्छन्। महर्जनले जानकारी दिए अनुसार, पुल्चोक शोरुमबाट हालसम्म २५ वटा गाडी एक्स्चेन्ज भइसकेका छन्।
यस अफरको मुख्य उद्देश्य नेपाली गाडी मालिकलाई पुराना गाडी साटेर नयाँ इलेक्ट्रिक गाडीमा स्विच गर्ने अवसर प्रदान गर्नु हो, जसले प्रदूषण कम गर्न र हरित प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यलाई साकार बनाउँछ।
महर्जनले भने,'यो एक प्रमोशनल इभेन्ट हो, जसले ग्राहकलाई विशेष फाइनान्सिङ र सेवा योजनासमेत प्रदान गर्नेछ। बीवाइडी गाडीहरूमा ब्याट्री सम्बन्धी कुनै समस्या आएको छैन र कम्पनीले प्रत्येक गाडीमा ८ वर्षको वारेन्टी प्रदान गरेको छ।'
बीवाईडी नेपाली बजारमा सर्वाधिक बिक्री हुने ईभी ब्रान्ड हो । नेपाली बजारमा यसको एट्टो३,डल्फिन र एम६ मोडल निकै लोकप्रिय मानिन्छन् । बीवाईडीले पछिल्लो समयमा नेपाली उपभोक्ताको साथ र समर्थन पाएको राम्रो पाइरहेको छ ।
प्रतिक्रिया