ज्योति विकास बैंक र ‘सिग्मा डाइग्नोस्टिक लेबोरेटरी’ बीच सम्झौता

आइतबार, १३ माघ २०८१, १७ : ४९

काठमाडौं  - ज्योति विकास बैंक लिमिटेडले भक्तपुरको राधेराधेस्थित ‘सिग्मा डाइग्नोस्टिक लेबोरेटरी’ मा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ। 

यस सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले उक्त डायग्नोस्टिक प्रयोगशालामा ४०५ सम्म छुट प्राप्त गर्न सक्नेछन्।ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

हालै बैंकले धुलिखेलस्थित प्रचलित रिसोर्टहरू ‘दुसित थानी हिमालयन रिसोर्ट’ मा १५५ र ‘हिमालय दृश्य रिसोर्ट’ मा १०५ सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।

 


 


 

आइतबार, १३ माघ २०८१, १७ : ४९

प्रतिक्रिया