दिगो ग्रुप र रिलायन्स फाइनान्सबीच साझेदारी

आइतबार, १३ माघ २०८१, १८ : ०८

काठमाडौं - दिगो ग्रुप र रिलायन्स फाइनान्स लिमिटेड नेपालमा विद्युतीय सवारी साधन खरिदकर्ताहरूलाई प्रतिस्पर्धी वित्तीय सेवा प्रदान गर्न साझेदारीमा प्रवेश गरेका छन्। 

माघ १० मा आधिकारिक रूपमा सुरु भएको यो सहकार्यले विद्युतीय व्यावसायिक सवारी साधनलाई अझ सुलभ बनाउने दिशामा एक महत्त्वपूर्ण कदम चालेको छ। सम्झौताअन्तर्गत रिलायन्स फाइनान्सले सवारी साधनको लागतको ७०प्रतिशत सम्म ऋण प्रदान गर्नेछ। 

यी ऋणहरू आकर्षक ब्याजदर, लचिलो भुक्तानी सर्तहरू र आवेदन प्रक्रियाभरि व्यक्तिगत परामर्शका साथ आउँछन्। यस साझेदारीअन्तर्गत ११-सिटर, १४-सिटर, १६-सटिर र १९-सिटर विद्युतीय सवारी साधनहरूसहित दिगोका सबै व्यावसायिक गाडीहरूका लागि वित्तीय विकल्पहरू उपलब्ध हुनेछन्।

दिगो ग्रुप अफ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सौरब श्रेष्ठ र रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठले हस्ताक्षर गरेपछि सम्झौताले औपचारिक रूप लिएको छ। यो साझेदारीले दिगो सवारी साधन अपनाउन सरल बनाउन साथै दिगोका ग्राहकहरू तथा व्यवसायीहरूलाई गाडी खरिद गर्न थप सहज बनाउने छ।

रिलायन्स फाइनान्सको राष्ट्रव्यापी उपस्थितिसँगै ग्राहकहरूले अब नेपालभरका आफ्ना कुनै पनि शाखामा दिगोका गाडीहरू फाइनान्सका लागि आवेदन दिन सक्छन्। यो पहलले खरिद प्रक्रियालाई सरल बनाउने मात्र होइन वातावरणीय रूपमा दिगो यातायात समाधानहरू अपनाउन पनि प्रोत्साहित गर्दछ।

मिशन जेरो एमिसनको आफ्नो उद्देश्यसाथ दिगो ग्रुपले नेपालमा विद्युतीय सवारी साधनको इकोसिस्टम प्रवर्द्धनमा केन्द्रित रहेको छ। उनीहरूले नेपाली बजारमा विद्युतीय सवारी साधनको बिक्री, वितरण, सर्भिस र स्पेयर पार्टसका साथै दिगोमार्फतका अन्य संस्थाहरूले विद्युतीय सवारी साधन भाडामा दिने र चार्जिङ समाधानहरू उपलब्ध गराउँछ भने नेपाली राजमार्गमा विभिन्न स्थानमा दिगो ई-स्टपले सस्टेनेबल रेस्ट स्टपको स्थापना गर्दै आएको छ। 

नेपालमा इन्धन सवारी साधनको प्रयोगमा कमी ल्याउन र आत्मनिर्भर विद्युतीय ऊर्जाको प्रवर्द्धन गरी वातावरण र आर्थिक दिगोपन दुवैलाई प्रवर्द्धन गर्न यो एउटा ठुलो पहल हो।
 

आइतबार, १३ माघ २०८१, १८ : ०८

प्रतिक्रिया