काठमाडाैं- विद्युतीय सवारी साधनको क्षेत्रमा नयाँ उचाइ कायम गर्दै, एसपीजी अटोमोबाइल्स प्रालिले माघ १२ गते शनिबार ललितपुरको एकान्तकुनामा आफ्नो नयाँ शोरुमको भव्य उद्घाटन गरेको छ। नेपालमा ओमोडा जे र ओमोडा ई–५ का आधिकारिक वितरकका रूपमा स्थापित एसपीजी अटोमोबाइल्सले विद्युतीय सवारी साधन बजारमा नयाँ मानक प्रस्तुत गर्ने दाबी गरेको छ। वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यतामा शोरुम उद्घाटन गरिएको थियो।
विद्युतीय सवारी साधन बजारमा ५० प्रतिशत हिस्सा ओगटेको ऐतिहासिक ललितपुरलाई मुख्य आधार बनाउँदै, एसटी मोटर्सद्वारा सञ्चालित यो शोरुम ग्राहकलाई छिटो, सस्तो, र भरपर्दो सेवासुविधा दिने रणनीतिका साथ स्थापना गरिएको हो। एसपीजी अटोमोबाइल्स: नेपालको विद्युतीय सवारी बजारमा अगुवा एसपीजी अटोमोबाइल्स प्रालि शारडा ग्रुपको एक महत्वपूर्ण अटोमोटिभ विभाग हो। कम्पनीले केवल ९ महिनाको छोटो अवधिमा ३० वटा फास्ट चार्जिङ स्टेशन स्थापना गरिसकेको छ, जसले विद्युतीय सवारी चालकलाई सहज र भरपर्दो चार्जिङ सेवा प्रदान गरिरहेको छ।
कम्पनीको लक्ष्य १ वर्षभित्र चार्जिङ स्टेशनहरूको संख्या १०० पुर्याउने छ। नेपालभर पूर्वमा विर्तामोडदेखि पश्चिममा धनगढीसम्म १८ वटा बिक्री केन्द्र सञ्चालनमा ल्याइसकेको एसपीजी अटोमोबाइल्सले ओमोडा जेका साथै निशान, जिकर, र होन्डाई ब्रान्डका गाडीहरूको बिक्री पनि गर्दै आएको छ। कम्पनीले ‘२०२४ ओमोडा र जेइको डिलर्स फोरम’ मा प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ सेल्स कन्ट्रिब्युसन’ र ‘इभी पायोनियर अवार्ड’ प्राप्त गरेर आफ्नो क्षमता र योगदान प्रमाणित गरिसकेको छ।
उन्नत प्रविधि र आकर्षक डिजाइन एसयूभी बजारमा ओमोडा ई–५ नयाँ क्रान्तिको प्रतीक बनेको छ। ४४२४ एमएम लम्बाइ, १८३० एमएम चौडाइ, र १५८८ एमएम उचाइ भएको यो क्रसओभर एसयूभीको ग्राउन्ड क्लियरेन्स १८० एमएम छ। यसको ‘फ्ल्याट वायर थ्री इन वान मोटर’ले मोटरको दक्षता र आयुलाई थप बलियो बनाउँछ। ६१ किलोवाट आवरको उच्च क्षमताको ब्याट्रीले यसलाई फुल चार्जमा ४०० देखि ५१० किलोमिटरसम्मको रेन्ज दिन सक्षम बनाउँछ। फास्ट चार्जरले ३० देखि ८० प्रतिशत चार्ज गर्न मात्र २८ मिनेट लिन्छ।
यसले यात्रालाई सरल, सहज, र लामो बनाउनेछ। ओमोडा ई–५ ले लेभल २ एडास फिचरको सुविधा उपलब्ध गराएको छ, जसमा लेन डिपार्चर वार्निङ, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, र ट्राफिक जाम एसिस्टेन्स जस्ता विशेषताहरू छन्। अगाडिको क्लोज ग्रिल, एलईडी हेडलाइट, र १८ इन्चका अलोय ह्विलहरूले यसलाई आकर्षक बनाउँछन्। भित्रको इन्टेरियर पनि त्यत्तिकै भव्य छ। २४.६ इन्चको ड्युल स्क्रिन, २५६ प्रकारका एम्बियन्स लाइट, सोनीको प्रिमियम स्पिकर, र वायरलेस चार्जिङ सुविधा यसको विशेषता हुन्।
विद्युतीय सवारी साधनको उज्ज्वल भविष्य ओमोडा ई–५ मात्र नभई, एसपीजी अटोमोबाइल्सले नेपाली बजारमा विद्युतीय सवारी साधनलाई थप लोकप्रिय र पहुँचयोग्य बनाउन अग्रसर छ। कम्पनीको दुरदर्शी योजनाले विद्युतीय सवारीको क्षेत्रमा नेपालको स्थान अझ सशक्त बनाउने विश्वास गरिएको छ। ललितपुरमा खुलेको नयाँ शोरुमले विद्युतीय सवारीका पारखीलाई उत्कृष्ट सेवा प्रदान गर्नेछ। एसपीजी अटोमोबाइल्सले आफ्नो लक्ष्य र निष्ठाको साथ नेपालको सवारी साधन उद्योगलाई नयाँ उचाइमा पुर्याउने दाबी गरेको छ।
प्रतिक्रिया