सीजी मोटर्स र जेटुर ब्रान्डबीच सम्झौता

मंगलबार, १५ माघ २०८१, १५ : ०२

काठमाडौं - सिजी मोटर्सले नयाँ ब्रान्डको गाडी नेपालमा भित्र्याउन सम्झौता गरेको छ । सिजीले जेटुर ब्रान्डको इलेक्ट्रिक एसयूभीको  अधिकृत वितरक बन्न आधिकारिक सम्झौतामा हस्ताक्षर गरेको हो। 

जेटुर, चेरी ग्रुपको अग्रणी ब्रान्ड हो भने सो ब्रान्ड आफ्ना मजबूत र टफ एसयूभीहरूका लागि प्रख्यात छ।सम्झौतापत्रमा जेटुर इन्टरनेशनलका उपाध्यक्ष केभिन जू र सीजीका सीईओ तथा निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका गरेका छन् । 

सीजी मोटर्सले नेपालमा नेटा, स्मार्ट, अवतार, एओन, रेडारा, एक्सपेङ, दायुन, किङलङ, केवाईसीलगायत ईभी बिक्री गर्दै आएको छ। 
 

मंगलबार, १५ माघ २०८१, १५ : ०२

प्रतिक्रिया