काठमाडौं - राष्ट्रिय सहकारी बैंक लिमिटेडको बैंकिङ्ग कारोबार चार दिनका लागि बन्द हुने भएको छ । बैंकिङ्ग सिष्टम प्रतिस्थापन गर्नुपर्ने भएकोले ४ दिन कारोबार बन्द रहने बैंकले जनाएको छ ।
बैंकले माघ १६ गते बुधवार बिहान ६ बजेदेखि माघ १९ गते शनिवार बेलुका ६ बजेसम्म बैंकको इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, रेमिट्यान्स सेवा लगायत सम्पूर्ण बैंकिङ्ग कारोबारहरू पूर्ण रूपमा बन्द रहने जनाएको हो ।
बैंकिङ्ग कारोबारहरू बन्द रहने मितिमा आइपर्न सक्ने अत्यावश्यक कारोबारहरूको लागि सम्बन्धित शाखा कार्यालयमा अग्रिम रूपमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।
प्रतिक्रिया