काठमाडौं - चीनको नयाँ ऊर्जा गाडी (NEV) निर्माण गर्ने अग्रणी कम्पनी BYD ले "BYD Shenzhen" सार्वजनिक गरेको छ ।
जुन संसारकै ठुलो रोल–अन\रोल–अफ (ro–ro) कार क्यारियर हो। यस जहाजले ९,२०० गाडी बोक्न सक्ने क्षमता राख्छ र यो द्यथ्म् को दिगो यातायात र अन्तर्राष्ट्रिय विस्तारतर्फको महत्त्वपूर्ण कदम हो।
चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको यो २१९ मिटर लामो र ३७.७ मिटर चौडा जहाज LNG डुअल–फ्युल प्रविधि, BYD का अत्याधुनिक ब्याट्री प्याक, र शाफ्ट जेनेरेटरद्वारा संचालित छ। यी प्रविधिले “ BYD Shenzhen “ लाई संसारकै सबैभन्दा वातावरणमैत्री र कुशल कार क्यारियर बनाएको छ।
"BYD Shenzhen" ले BYD को बढ्दो जहाजहरूको समूहमा स्थान पाएको छ। यसअघि "BYD Explorer No=!," "BYD Hefei," / "BYD Changzhou" जस्ता जहाजहरूले ७,००० देखि ९,२०० गाडी बोक्ने क्षमता राख्दै अन्तर्राष्ट्रिय बजारमा byd आपूर्ति गरेका थिए। byd ले २०२६ सम्म आफ्नो जहाज सङ्ख्या ८ पुर्याउने योजना बनाएको छ, जसले बढ्दो विश्वव्यापी माग पूरा गर्न सहयोग पुर्याउनेछ।
२०२४ मा, byd ले ४,१७,००० भन्दा धेरै विद्युतीय गाडी विदेश पठायो, जुन अघिल्लो वर्षभन्दा ७२% बढी हो। विद्युतीय गाडीको माग बढ्दै जाँदा, byd नयाँ प्रविधि, दिगो समाधान, र बलियो आपूर्ति प्रणालीसँग अगाडि बढिरहेको छ।
प्रतिक्रिया