काठमाडाैं- टीभीएस मोटर कम्पनीद्वारा बैंगलोरमा आयोजित अन्तर्राष्ट्रियस्तरको स्किल फेस्ट एसिया–२०२५ का लागि नेपालबाट टप ५ प्रतिस्पर्धी छनोट भएका छन्।
टिभिएस नेपालले नेपालभर नै जनावरी २३ देखि २७ सम्म ‘टिभिएस नेपालको बादशाह’ नामको कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रमबाट उत्कृष्ट ३० जना टेक्निसियनबाट थ्योरिटिकल र प्राक्टिकल टेस्टको प्रतिपर्धा गराई ५ जना प्रतिस्पर्धी छनोट गरिएको हो।
टिभिएस नेपालको मार्फत् आर.डी अटो ट्रेडका राकेश नगाखुसी, गण्डकी मोटर्सका सुरेश गुरुङ र बाईक मार्ट नेपाल प्रा.लि.का सजन रायमाझीलाई प्रतिस्पर्धाका लागि सहभागी हुनेछन्। साथै महालक्ष्मी इन्टरप्राईजेजका सनम महतो र जगदम्बा इन्टरप्राईजेजका सजन महर्जन पनि प्रतिस्पर्धामा जानेछन्।
टिभिएस नेपालले विगतको वर्षमा पनि स्कील फेस्ट यसियामा सहभागिता जनाउँदै आएको छ। अघिल्लो वर्ष टिभिएस नेपालले दास्रो स्थान हासिल गर्न सफल भएको थियो।
प्रतिक्रिया