जेराे इमिसन राइड एनले ल्यायो इलेक्ट्रिक स्कूटर खरिदका लागि विशेष अफर

बुधबार, १६ माघ २०८१, १८ : ३०

काठमाडौं- इलेक्ट्रिक सवारीसाधनप्रति बढ्दो चासोलाई ध्यानमा राख्दै Zero Emission Ride N ले आउँदो माघ १७ देखि २१ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आठौं चेम्बर एक्स्पोमा विशेष अफर ल्याएको छ। कम्पनीले ग्राहकलाई आकर्षक छुट, सहज फाइनान्स सुविधा र एक्सचेन्ज अफर उपलब्ध गराउने घोषणा गरेको छ।

यस अफर अन्तर्गत, Luyuan र Ecooter ब्रान्डका कुनै पनि इलेक्ट्रिक स्कूटर खरिद गर्दा ग्राहकले रु. २०,००० नगद छुट प्राप्त गर्नेछन्। यो छुट केवल नगदमा खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ। नगदमा खरिद गर्न नसक्ने ग्राहकहरूलाई सरल फाइनान्स सुविधा प्रदान गरिनेछ भने एक्सचेन्ज अफरअन्तर्गत पुरानो स्कूटर साटेर नयाँ इलेक्ट्रिक स्कूटर किन्न सकिनेछ।

Zero Emission Ride N नेपालमा ६ वर्षभन्दा बढी समयदेखि इलेक्ट्रिक स्कूटरको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ। कम्पनीले हालसम्म २,००० भन्दा बढी ग्राहकलाई सेवा दिइसकेको छ भने नेपालको सबैभन्दा ठूलो सर्भिस सेन्टर तथा चार्जिङ नेटवर्क सञ्चालन गरिरहेको छ। हरित यातायातलाई प्रवर्द्धन गर्दै कम्पनीले अझ उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

इलेक्ट्रिक स्कूटर खरिदका लागि यो उपयुक्त अवसर हुन सक्छ। आकर्षक छुट, सहज फाइनान्स सुविधा र एक्सचेन्ज अफरसहित इलेक्ट्रिक स्कूटर खरिद गर्न चाहने ग्राहकहरूलाई माघ १७ देखि २१ सम्म भृकुटीमण्डपमा पुग्न आग्रह गरिएको छ।

बुधबार, १६ माघ २०८१, १८ : ३०

प्रतिक्रिया