काठमाडौं - टोयोटा ब्राण्ड सन् २०२४ को सर्वाधिक कार विक्रेता बनेको छ ।ग्लोबल कार सेल्सको तथ्यांक अनुसार गएको वर्ष सन् २०२४ मा टोयटाका ९० लाख ५२ हजार कार विश्वव्यापी रुपमा बिक्री भएका छन् ।
यो सँगै जापानी कार उत्पादक टोयोटा लगातार पाँचौँ वर्ष विश्वको सर्वाधिक कार बिक्रेता बनेको हो । समग्रमा पहिलो नम्बरमा भए पनि सन् २०२३ को तुलनामा टोयटाको बिक्री ३.७ प्रतिशतले घटेको छ ।
विश्वमा धेरै कार बेच्ने कम्पनीको सूचीको दोस्रो नम्बरमा फक्सवागन परेको छ । जर्मनी ब्राण्ड फक्सवागनले गत वर्ष ७६ लाख ५० हजार वटा कार बेचेको छ । तेस्रोमा हुन्डाई छ । कोरियन ब्राण्ड हुन्डाईका सन् २०२४ मा ६२ लाख ६० हजार कार बिक्री भएका छन् । चौथोमा फोर्ड र पाँचौँ नम्बरमा होण्डा छ । गत वर्ष अमेरिकी कम्पनी फोर्डका ५६ लाख ७३ हजार र जापानी कम्पनी होण्डाका ५२ लाख वटा कार विश्वव्यापी रुपमा बिक्री भएका छन् ।
बिक्रीका हिसाबले विश्वको शीर्ष ५ नम्बरमा पर्न नसके पनि सन् २०२४ मा चिनियाँ कम्पनी बीवाईडीले कार बिक्रीको दर ४२ प्रतिशतले बढाएको छ । ग्लोबल कारको तथ्यांक अनुसार सन् २०२४ मा बीवाईडीले विश्वव्यापी रूपमा ३३ लाख ३९ हजार कार बेचेको छ ।
गत वर्ष बीवाईडीले अमेरिकी देशमा ३३८ प्रतिशत र युरोपमा २१३ प्रतिशतले कार बिक्री बढाएको हो । टेस्लाका कार १७ लाख ८९ हजार वटा बिक्री भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा १.१ प्रतिशतले बढी हो ।
प्रतिक्रिया