काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको भाउमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले वृद्धि भएको छ। यो वृद्धिसँगै छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मात्र प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज उकालो लागेको हो।
यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। हिजो तोलाको १ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर नेपाली बजारमा पनि देखिएको हो। आगामी दिनमा मूल्यमा थप परिवर्तन आउने अनुमान गरिएको छ।
प्रतिक्रिया