काठमाडौं - चौधरी ग्रुपले चर्चित मोबाइल ब्रान्ड मोटोरोलालाई अब नेपालमा आधिकारिक रूपमा भित्र्याएको छ । बिहीबार साँझ एक कार्यक्रमका बिच मोटोरोला स्मार्टफोन सार्वजनिक गरिएको हो।
नेपालका लागि मोटोरोलाको आधिकारिक वितरक चौधरी ग्रुपले विभिन्न पसन्द र बजेट अनुसारका स्मार्टफोन सार्वजनिक गरेको छ। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र भारत अफलाइन तथा सार्क देशका प्रमुख विपिन रैनाले मोटोटोला ब्रान्डका मुख्य विशेषताहरू प्रस्तुत गरेका थिए ।
सुलभ मूल्य – मोटोरोलाले उच्च-गुणस्तरका स्मार्टफोनहरुलाई सबैको पहुँचमा ल्याउन विभिन्न मूल्य वर्गका मोडेलहरू उपलब्ध गराएको छ।
* शुद्ध एन्ड्रोइड अनुभव – मोटोरोला स्मार्टफोनहरुमा कुनै दयिबतधबचभ नहुने, छिटो र सहज प्रयोग गर्न सकिने एन्ड्रोइडको अनुभव पाइन्छ।
* प्रभावशाली फिचरहरु – शक्तिशाली RAM, ठूलो स्टोरेज र अग्रिम क्यामेरा फिचरले मोटोरोला स्मार्टफोनलाई उत्कृष्ट बनाउँछ, र त्यो पनि उत्कृष्ट मूल्यमा ।
* मजबुत निर्माण – मोटोरोला स्मार्टफोन पानी प्रतिरोधी र बलियो डिजाइन सहित आउने भएकाले लामो समयसम्म टिकाउ हुन्छ ।
* नवीन प्रविधि – फोल्ड गर्न मिल्ने डिस्प्लेदेखि तात्कालिक प्रविधिसम्म, मोटोरोलाले सधैँ नयाँ प्रविधि ल्याउँदै आएको छ।
नेपालका लागि विशेष मूल्य – नेपाली बजारलाई ध्यानमा राख्दै उचित मूल्यमा प्रिमियम फिचरहरू प्रदान गरिनेछ।
नेपाली उपभोक्ताहरूको लागि उपयुक्त स्मार्टफोनहरू
नयाँ मोटोरोला स्मार्टफोनहरूमा समावेश छन्:
मोटो जी४५ : ८ जीबी र्याम र १२ जीबी स्टोरेज क्षमता रहेको यो फोनको मूल्य २४ हजार ४९९ रुपैयाँ छ ।
मोटो जी६४ : ८ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको यो फोनको मूल्य २७ हजार ४९९ छ । यसको १२ जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको भेरियन्टको मूल्य ३० हजार ९९९ छ ।
मोटो जी८५ : ८ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको मोटो जी८५ को मूल्य ३४ हजार ४९९ रुपैयाँ छ । यस्तै १२ जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको मोटो जी८५ को मूल्य ३७ हजार ४९९ रुपैयाँ छ ।
मोटो एज ५० फ्युजन: १२ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध फोनको मूल्य ४६ हजार ४९९ रुपैयाँ छ ।
मोटो जी०५, मोटो जी३५, मोटो एज ५० र मोटो रेजर ५० को मूल्य भने सार्वजनिक हुन बाँकी छ ।
नवीनता र सुलभ मूल्यको प्रतिबद्धता
सिजि मोबाइल्सले नेपाली उपभोक्तालाई नवीनतम प्रविधि उचित मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। Moto Razr 50को फोल्ड गर्न मिल्ने डिजाइन प्रिमियम स्मार्टफोन प्रयोगकर्ताहरुलाई लक्षित गरिएको छ भने,Moto G45 र Moto G64 ले बजेटमै उत्कृष्ट प्रदर्शन गर्ने वाचा गर्छ ।
इभेन्टका क्रममा एमबिएलले सिजि डिजिटल आउटलेटहरुबाट स्मार्टफोन खरिद गर्दा शून्य प्रतिशत इएमआइ सेवा उपलब्ध गराउने घोषणा गरेको छ।
नेपालमा मोटोटोलाको आगमन ले उपभोक्ताहरूलाई भरपर्दो, उत्कृष्ट प्रदर्शन र उचित मूल्यका स्मार्टफोनको नयाँ विकल्प दिनेछ। साथै, यसले नेपालको स्मार्टफोन बजारमा नयाँ प्रतिस्पर्धा ल्याउने छ ।
प्रतिक्रिया