अध्यादेशको कार्यान्वयन गर्नसके बेरोजगारदर घटाउन सकिन्छ : अध्यक्ष ढकाल

शनिबार, १९ माघ २०८१, १३ : ०७

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन गर्नसके बेरोजगारदर घटाउन सकिने बताएका छन् । 

शनिवार बागलुङमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले बाध्यतावश बिदेसिनुपरेको यथार्थलाई हटाउन स्वदेशमै रोजगारका अवसर सिर्जना गर्न सक्नुपर्ने बताए । स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन आवश्यक रहेको ढकालले बताए । 

उनले अध्यादेशमार्फत परिवर्तन भएका कानुनहरूको सही कार्यान्वयन जरुरी रहेको बताए । अध्यक्ष ढकालले नेपालकै पुँजी परिचालन गरेर ठुलो आयोजना सम्पन्न गर्न सकिन्छ भन्ने उद्देश्यका साथ आफूहरू अघि बढेको बताए । 
 

शनिबार, १९ माघ २०८१, १३ : ०७

प्रतिक्रिया