प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

आइतबार, २० माघ २०८१, १० : २१

काठमाडौं - प्राइम कमर्सियल बैंकको ५ लाख ५ हजार १८६ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।

यस लिलामीमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०७ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।

लगानीकर्ताले यसमा न्यूनतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

आइतबार, २० माघ २०८१, १० : २१

प्रतिक्रिया