कर्णाली विकास बैंकको बिजोग ! हप्तामा १० हजारको दरले बचतकर्ताको रकम फिर्ता गर्दैै (भिडियो)

आइतबार, २० माघ २०८१, १४ : १९

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर निक्षेपकर्ताको बचत फिर्ता गर्न निर्देशन दिए पछि कर्णाली विकास बैंकले हप्तामा दश हजारको दरले बचतकर्ताको रकम फिर्ता गर्न थालेको छ ।

राष्ट्र बैंकले यस अघि पटक पटक सूचना जारी गर्दै यस बैंक संकटग्रस्त अवस्थामा रहेको बताउँदै निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाएको थियो । 

पछिल्लो समय बैंकका निक्षेप कर्ताको रकम फिर्ता गर्न निर्देशन दिएपछि केन्द्रीय कार्यालय रहेको नेपालगन्ज , तुलसीपुर शाखा, लमही शाखा, बाँसगढी शाखाका साथ बाँके, बर्दिया लगायतका जिल्लाका शाखाहरूबाट  फिर्ता गर्न सुरु गरेको छ ।

आर्थिक रुपले संकटग्रस्त रहेको यस कर्णाली विकास बैंकले बचतकर्ताको रकम एकमुष्ट दिन नसकेर हप्तामा दश हजारका दरले दिन थालेको बचतकर्ताहरुले बताएका छन् ।

आर्थिक सुशासन कायम नभएको तथा खराब कर्जा ४० प्रतिशत माथि पुगेको भन्दै राष्ट्र बैंकले गत पुस १० गते समस्याग्रस्त घोषणा गरेको थियो ।

हेर्नुहोस् भिडियो

आइतबार, २० माघ २०८१, १४ : १९

प्रतिक्रिया