काठमाडाैं- नेपालमा टाटा मोटर्सको सफल एसयूभी नेक्सनको नयाँ फेसलिफ्टेड भेरियन्ट, नेक्सन केथ्री सार्वजनिक भएको छ। टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले विशेष कार्यक्रममार्फत यस मोडलको बुकिङ खुला गरेको छ।
टाटा मोटर्सले नेक्सन केथ्री को सुरुआती मूल्य रु. ४८.९९ लाख तोकेको छ, जसले यस मोडललाई नेपाली बजारमा थप प्रतिस्पर्धी बनाउनेछ। आधुनिक प्रविधि, आकर्षक डिजाइन, र दमदार परफरमेन्सका साथ, यो एसयूभी नेपाली उपभोक्तामाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ।
नेक्सन केथ्रीमा ठूलो पानोरामिक सनरूफ, जसले यात्रा अनुभवलाई थप रोमाञ्चक बनाउँछ। आधुनिक ड्यासबोर्ड तथा नयाँ स्टेरिङ ह्वील, जुन प्रविधिमैत्री र आकर्षक छ। क्लोजअफ ग्रिल डिजाइन, जसले एसयूभीलाई फ्युचरिस्टिक लुक प्रदान गर्छ। ३६० डिग्री क्यामेरा सहितको सुविधा, जसले सुरक्षित तथा सहज ड्राइभिङ अनुभव दिन्छ।
९८ किलोवाटको इलेक्ट्रिक मोटर, जसले उच्च पावर र उत्कृष्ट टर्क प्रदान गर्छ। ४५ किलोवाट आवरको ब्याट्रीप्याक, जसले लामो रेन्जको भरोसा दिलाउँछ। ७.२ किलोवाटको चार्जर, जसले छिटो चार्जिङको सुविधा प्रदान गर्छ।
१९० एमएम ग्राउन्ड क्लियरेन्स, जसले नेपालको विभिन्न भूगोलमा सहज यात्रा सम्भव बनाउँछ। ३५० लिटरको बुट स्पेस, जसले लामो यात्राका लागि पर्याप्त सामान राख्ने सुविधा दिन्छ। भारत एनक्याप ५-स्टार सेफ्टी रेटिङ, जसले सुरक्षित यात्राको प्रत्याभूति दिन्छ।
नेपाली अटो बजारमा टाटा मोटर्सको नेक्सन केथ्री ले नयाँ आयाम स्थापित गर्ने अपेक्षा गरिएको छ। आधुनिक प्रविधि, सुरक्षामा उच्चतम स्तर, तथा आकर्षक डिजाइनका साथ आएको यस एसयूभीले नेपाली ग्राहकहरुको मन जित्नेमा कुनै शंका छैन। इच्छुक ग्राहकहरूले तुरुन्तै बुकिङ गरी नयाँ युगको इलेक्ट्रिक एसयूभीको अनुभव लिन सक्नेछन्।
प्रतिक्रिया