चार दिनयता सुनको मूल्य स्थिर, चाँदीको सामान्य गिरावट

सोमबार, २१ माघ २०८१, १० : ५२

काठमाडौं - चार दिनयता सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको सामान्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार यता सुनको मूल्य १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको हो ।  महासंघका अनुसार गत बिहीबार तोलामा १ लाख ६० हजार ५०० कायम भएको छापावाल सुनको मूल्य त्यसको भोलिपल्ट साताको कारोबारको अन्तिम दिन तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, शनिवार सोही पनि सोही मूल्य कायम भएको सुनको मूल्य आइतबार र सोमबार पनि समान मूल्य निर्धारण भएर  कारोबार भएको महासंघले जनाएको छ । 

यसैगरी, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको हो ।
 

सोमबार, २१ माघ २०८१, १० : ५२

प्रतिक्रिया