च्यातिएको, गलेको र पुरानो नोट राष्ट्र बैंकमा साट्न सकिने

सोमबार, २१ माघ २०८१, ११ : ४२

काठमाडौं - नेपाल राष्ट्र बैंकले च्यातिएको, गलेको, जलेको वा पानीले भिजेर धमिलो बनेको नोटहरूलाई साट्न सकिने व्यवस्था गरेको छ। राष्ट्र बैंकले यस सम्बन्धमा वित्तीय चेतना फैलाउने उद्देश्यले सूचना जारी गरेको छ।

राष्ट्र बैंकका अनुसार, च्यातिएको, मकिएको, लुलो भएको, किराले खाएको, रंगिएको वा मुद्रण उडेको नोटहरूलाई साट्न सकिनेछ। यस्ता नोटहरू राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग, प्रदेश कार्यालयहरू, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकमा गई साट्न सकिन्छ।

तर,  नोट धेरै केरमेट भएको, दर वा नम्बर यकिन गर्न नसकिने अवस्था आएको वा ५० प्रतिशतभन्दा कम भाग बाँकी रहेको छ भने, त्यो नोट सटही हुने छैन। यस्ता नोटहरू जफत गरिनेछन् र सम्बन्धित व्यक्तिलाई यसबारे जानकारी दिइनेछ।

कुनै नोट मक्किएको वा गन्न नसकिने अवस्थामा छ भने, त्यसलाई साट्नको लागि नोटको पछाडि सोही दरको सिंगो नोट बराबरको कागज टाँसेर साट्न सकिन्छ।

नोटको दीर्घकालिक सुरक्षा र संरक्षणका लागि नोटलाई च्यात्न, केरमेट नगर्न, पानी वा चिल्लो पदार्थबाट जोगाउन, र नोटलाई उचित तरिकाले राख्ने र प्रयोग गर्ने राष्ट्र बैंकले आग्रह गरेको छ ।  
 

473732413_619004457185640_7808154191967366795_n

सोमबार, २१ माघ २०८१, ११ : ४२

प्रतिक्रिया