काठमाडौं - फोनपे बिल्सले ग्राहकहरूलाई आफ्नो मोबाइल बैंकिङ एप मार्फत बीमा प्रिमियम सहज रूपमा तिर्न प्रोत्साहित गर्न र १००५ क्याशब्याक जित्ने अवसर प्रदान गर्न एक रोमाञ्चक अभियान सुरु गरेको जनाएको छ।
यस अभियान अन्तर्गत तीन जना भाग्यशाली विजेताले आफ्नो बीमा प्रिमियम तिर्दा १००५ क्याशब्याक ९रु। १५,००० सम्म० प्राप्त गर्ने छन्। यो अभियान माघ ३० सम्म चल्ने कम्पनीको भनाइ छ ।
यो योजनामा सहभागी हुनका लागि, ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप मार्फत फोनपे बिल्सको माध्यमले बीमा प्रिमियम तिर्नु पर्छ। सफल भुक्तानी पछि उनीहरू स्वतः लकी ड्रा को लागि योग्य हुने र १००५ क्याशब्याक पुरस्कार जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
सहभागिता कसरी गर्ने:
१. आफ्नो मोबाइल बैंकिङ एप खोल्नुहोस्
२. 'फोनपे बिल्स' वा 'अनलाइन भुक्तानी' सेक्सनमा जानुहोस्
३. उपलब्ध भुक्तानी श्रेणीहरूमध्ये 'बीमा' विकल्प छान्नुहोस्
४. आफ्नो पोलिसी नम्बर, जन्म मिति, भुक्तानी रकम भर्नुहोस् र सबै विवरणहरू सही छन् गरी जाँच गर्नुहोस्
५. भुक्तानी पुष्टि गर्नुहोस्
प्रतिक्रिया