काठमाडौं - महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सी लि.बीच कर्जा असुली सम्बन्धी सम्झौता भएको छ ।
कर्जा असुली परामर्शदाताको रूपमा कार्य गर्ने गरी तथा कर्जा असुली कार्यमा समेत सहजीकरण गर्ने गरी बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच सम्झौता भएको हो ।
बैंक र डोल्मा कन्सल्टेन्सी लिबीच भएको सम्झौता पश्चात बैंकले ऋण असुली सम्बन्धी कानुनी परामर्श, तालिम र ऋण असुलीको लागि प्रयोग गरिने अन्तराष्ट्रिय स्तरको सफ्टवेयरको प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
डोल्मा कन्सल्टेन्सीले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंकहरुसंग बैंकिङ सबलीकरण लागी सहकार्य गर्दै आएको छ ।
अनुभवी स्वदेशी तथा विदेशी विज्ञहरूद्वारा सञ्चालित डोल्मा कन्सल्टेन्सीसँगको सहकार्यले खराब कर्जा असुली प्रणाली सुदृढ बनाउन तथा खराब कर्जा व्यवस्थापन गर्न बैंकलाई र कर्जा ग्राहकलाई थप सहज हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया