काठमाडौं - सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१\८२ को दुई सय दिनमा १९.४७ प्रतिशत चालु खर्च गरेको छ भने चालु खर्चमा भने पुँजीगत तर्फको खर्च १२.२२ प्रतिशत गरेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको दुई सय दिन (२०८१ माघ १७ गतेसम्म) को वित्तीय प्रगति यस्तो देखिएको हो। चालु आर्थिक वर्ष २०८१\८२ मा सहरी विकास मन्त्रालयको कुल बजेट ९१ अर्ब ३५ करोड २३ लाख रुपैयाँ हो ।
जसमध्ये संघ तर्फको बजेट हाल ६८ अर्ब २४ करोड २८ लाख १८ हजार रुपैयाँ रहेको छ । संघतर्फको कुल बजेटमध्ये चालु तर्फ ४ अर्ब ४५ करोड ८३ लाख २ हजार र पुँजीगत तर्फ ६३ अर्ब ७८ करोड ४५ लाख १६ हजार विनियोजित छ ।
साथै, समग्रमा मन्त्रालयको वित्तीय खर्चको कुल रकम ८ अर्ब ६६ करोड ८ लाख २८ हजार रुपैयाँ पुगेको छ, जुन बजेटको १२.६९ प्रतिशत रहेको छ।
प्रतिक्रिया