काठमाडौं- राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशनअफ नेपाल (एनएडिए) बीच सहकार्यका लागि सहमति भएको छ ।
नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयअन्तर्गतको एनएभिटी र एनएडिएका प्रतिनिधिबीच सहमतिमा माघ २२ गते हस्ताक्षर भएको हो ।
सहमतिमा नेपालको अटोमोवाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग पूरा गर्न तीन वटा क्षेत्रमा पारस्परिक सहकार्य बताइएको छ ।
प्रतिक्रिया