काठमाडाैं- नेपाली बजारमा सुनचाँदीको मूल्यले फेरि नयाँ उचाइ लिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २२ सय रुपैयाँले उकालो लागेको छ। यो वृद्धिसँगै छापावाल सुन १ लाख ६६ हजार ९ सय रुपैयाँ मा कारोबार भइरहेको छ, जसले सुनलाई फेरि महँगो धातुको सुचिमा बलियो बनाएको छ।
हिजो मात्र प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँ मा किनबेच भएको सुनको मूल्य आज एकैदिनमा उल्लेखनीय रूपमा उकालो लागेको हो।
सुनले हाम्फाल्दा चाँदीले पनि आफ्नो चमक देखाएको छ। आज चाँदीको भाउ प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ९७५ रुपैयाँ पुगेको छ। हिजो मात्र १ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदी पनि लगानीकर्ताको ध्यान तान्न सफल देखिन्छ।
धेरैले अनुमान गरेका थिए- सुनको मूल्य चुलिँदै जाँदा चाँदी शान्त रहनेछ, तर आजको वृद्धिले देखायो कि बहुमूल्य धातुहरू फेरि आकर्षणको केन्द्रमा छन्। आगामी दिनमा सुनचाँदी बजार कुन दिशातर्फ अघि बढ्छ? लगानीकर्ताको नजर अहिले यही प्रश्नमा अडिएको छ!
प्रतिक्रिया