सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिजनेस रिभ्यू मिटिङ सम्पन्न

बुधबार, २३ माघ २०८१, १४ : ५३

काठमाडौं- सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले बिजनेस रिभ्यु मिटिङ चितवनको सिराइचुलि होटेलमा सम्पन्न गरेको छ। 

माघ २० मा सम्पन्न कार्यक्रममा कम्पनीका अध्यक्ष रतन लाल केडियाले सफलताका लागि नयाँ प्रविधि र नयाँ सोचलाई अपनाउनु पर्ने र नयाँ अभिकर्ताहरूको संख्या विस्तार कार्य तत्परताका साथ गर्नुपर्ने बताएका छन्। उनले आफ्नो लक्ष्य प्राप्त गर्न परम्परागत कार्यशैली विधिहरूमा प्रभावकारी र नवीनतम तरिकाको प्रयोग गर्नुपर्ने कुरा व्यक्त गरे।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत श्री शिवनाथ पाण्डेले कर्मचारीहरू कम्पनीका गहना र निधि भएकाले कम्पनीको सफलता पनि उनीहरूले गर्ने कार्य र योगदानमा निर्भर रहने बताए। आफ्नो सफलता सुनिश्चित गर्न सिकेका कुराहरूलाई व्यवहारमा इमान्दारीता पूर्वक उतार्नु आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा कम्पनीका अध्यक्ष रतन लाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायब कार्यकारी अधिकृत राकेश पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल लगायत व्यापार अधिकृतहरू, रिजनल म्यानेजरहरू, एरिया म्यनेजरहरू, शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आव २०८१/८२ को अर्ध वार्षिक समीक्षा अवधिमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने क्षेत्रीय प्रबन्धकहरू, क्षेत्रीय म्यानेजरहरू, शाखा तथा उप–शाखाका प्रबन्धकहरूलाई सम्मान गरिएको थियो ।

बुधबार, २३ माघ २०८१, १४ : ५३

प्रतिक्रिया