काठमाडौं - नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य उकालो लाग्न थालेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार पनि सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ बढेको छ । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको छ । बुधवार तोलामा १ हजार ९७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया