सूर्य नेपालले ल्यायो सनफिस्ट डार्क फेन्टासी मोका फिल्स कुकिज

विहीबार, २४ माघ २०८१, १५ : ३३

काठमाडौं - निजी क्षेत्रको अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल प्रालिले सनफिस्ट डार्क फेन्टासी मोका फिल्स कुकिज बजारमा ल्याएको छ । 

बिस्कुट उत्पादन क्षेत्रमा पनि आफूलाई बिस्तार गर्दै चकलेट,उच्चस्तरीय कुकिज, सनफिस्ट डार्क फेन्टासी चोको फिल्सको नेपालमै उत्पादन तथा बिक्री वितरण आरम्भ गरिसकेको छ । यसै क्रममा एक कदम अघि बढ्दै सूर्य नेपालले अब नेपालमै सनफिस्ट डार्क फेन्टासी मोका फिल्सको पनि उत्पादन गर्न थालेको जनाएको हो ।

सूर्य नेपालले सदैव देशको प्रतिष्ठालाई समेत ध्यानमा राख्दै, अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादनहरू बजारमा ल्याउने गरेको दाबी गर्दै आएको छ । यस क्रममा उच्चकोटीका सामग्रीहरूमा कफी र चकलेटको सम्मिश्रणमार्फत तयार गरिने डार्क फेन्टासी मोका फिल्सले कफीका पारखीहरूको मन जित्ने विश्वास कम्पनीले ल्याएको छ ।

सनफिस्ट डार्क फ्यान्टसीको ब्रान्ड एम्बेसडरको रूपमा प्रतिभाशाली अभिनेत्री शिल्पा मास्केलाई नै निरन्तरता दिइएको कम्पनीले जनाएको छ । सनफिस्ट डार्क फेन्टासी मोका फिल्स अब नेपालभरिका खुद्रा पसल तथा डिपार्टमेण्ट स्टोरहरुमा उपलब्ध हुने पनि कम्पनीले जानकारी दिएको छ ।

उक्त उत्पादन ७५ ग्रामको आकर्षक प्याकेट भित्र ६ वटा भिन्दाभिन्दै पहुँच हुने र यसको मूल्य ९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
 

विहीबार, २४ माघ २०८१, १५ : ३३

प्रतिक्रिया