काठमाडौं - नेपाली बजारमा शुक्रवार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा तोलामा ४०० रुपैयाँले ओरालो लागेको छ ।
यससँगै शुक्रवार छापावाल सुनको मूल्य तोलामा एक लाख ६८ हजार १०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको छ । बिहीबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार तोलामा एक हजार ९८५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया