काठमाडौं - चितवनको टाँडीस्थित नारायणी डेभलपमेन्ट बैंकले आफ्नो केन्द्रीय कार्यालय र भरतपुर शाखा स्थानान्तरण गर्ने निर्णय गरेको छ।
बैंकले रत्ननगर नगरपालिका वडा नं. ०१, टाँडीस्थित केन्द्रीय कार्यालय र हाकिमचोकस्थित भरतपुर शाखालाई, भरतपुर महानगरपालिका वडा नं. १०, वाईपास रोडमा रहेको जिल्ला सहकारी संघ लिमिटेडको भवनमा सार्ने निर्णय गरेको हो ।
यस स्थानान्तरणका कारण बैंकको डाटा सेन्टर र सर्भर प्रणाली पनि स्थानान्तरण गर्नुपर्ने भएकाले बैंकिङ सेवाहरू पूर्ण रूपमा अवरुद्ध हुनेछन्। यसै कारण, माघ २५ गते शुक्रबार अपरान्ह १ बजेदेखि माघ २७ गते आइतबार बिहान ९ बजेसम्म सम्पूर्ण बैंकिङ सेवा बन्द रहनेछ।
बैंकले स्थानान्तरणका क्रममा ग्राहकहरूलाई पर्ने असुविधाको लागि क्षमा प्रार्थना व्यक्त गरेको छ र शीघ्र सेवामा पुनः स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया