बैंकहरुको विषयमा भ्रम फैलाउनेमाथि कडा कारबाहीको माग

शुक्रबार, २५ माघ २०८१, १४ : ०१

काठमाडौं - नेपालको बैंकिङ क्षेत्र सुरक्षित रहेको भन्दै बैंकर्स संघहरुले भ्रम फैलाउनेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्। 

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघको संयुक्त विज्ञप्तिमा बैंकिङ क्षेत्रका बारेमा गलत र भ्रामक सूचना फैलाउने व्यक्तिहरूको गतिविधि रोक्न कारबाही गर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, 'नेपालका बैंक, वित्तीय र लघुवित्त संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त र नेपाल राष्ट्र बैंकले तोकेको नीतिहरूको पालना गर्दै सुरक्षित र स्थिर अवस्थामा रहेका छन्। यी संस्थाहरूको जोखिम बहन गर्ने क्षमता छ र वर्तमानमा पूर्ण रूपमा सुरक्षित छन्।'
संस्थाहरूले यस विषयमा अराजक गतिविधि भइरहेको र भ्रामक अभिव्यक्तिहरूलाई ध्यानाकर्षण गर्दै तिनीहरूलाई कानूनी कारबाही गर्न सरकारी निकायसँग आग्रह गरेका छन्। 


 

शुक्रबार, २५ माघ २०८१, १४ : ०१

प्रतिक्रिया