सुनको भाउमा सामान्य वृद्धि, चाँदी भने घट्यो

आइतबार, २७ माघ २०८१, ११ : ०२

काठमाडौं - नेपाली बजारमा शुक्रवार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा तोलामा १०० रुपैयाँले वृद्धि भएको छ ।
 
आइतबार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ६८ हजार २० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा  १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको भाउ २५ रुपैयाँले घटेको छ । शुक्रवार तोलामा एक हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

आइतबार, २७ माघ २०८१, ११ : ०२

प्रतिक्रिया