काठमाडौं - नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले हाल अवस्थित रहेको खुशिवु शाखा कार्यालय हालको शाखाबाट करिब ९० मीटर पश्चिममा स्थानान्तरण गरेको छ ।
बैंकले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १७ खुशिवुमा रहेको शाखा कार्यालय सोही वडा भित्र करिब ९० मीटर पश्चिममा मिति २०८१ माघ २७ गते आइतबारका दिनदेखि स्थानान्तरण गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले शाखाको उद्घाटन गरे ।
यस शाखाबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने उनले बताए। खुशिवु शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ । हाल बैंकको २८३ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ६६ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम रहेको छ ।
प्रतिक्रिया