काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा २ अर्ब १९ करोड रुपैयाँ लगानी गर्ने भएको छ। उक्त रकम राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको हो, जसलाई बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरिने जनाएको छ।
केन्द्रीय बैंकले कुल रकममध्ये १ अर्ब ७५ करोड २० लाख रुपैयाँ वाणिज्य बैंकमा, ३२ करोड ८५ लाख रुपैयाँ राष्ट्रिय स्तरका विकास बैंकमा र बाँकी १० करोड ९५ लाख रुपैयाँ राष्ट्रिय स्तरका वित्त कम्पनीमा लगानी गरिने जनाएको छ।
इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। जसअनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले माघ २९ गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ।
यो मुद्दती निक्षेप २०८१ फागुन ६ गतेदेखि २०८२ फागुन ६ गतेसम्म ३६६ दिनका लागि लागू हुने राष्ट्र बैंकले जानकारी दिएको छ।
प्रतिक्रिया