कुमारी बैंककाे संस्थापक सेयर बिक्रीमा, लगानीकर्ताका लागि सुनौलो अवसर

मंगलबार, २९ माघ २०८१, ०७ : २६

काठमाडौं- कुमारी बैंकले संस्थापक समूहको झन्डै २ लाख कित्ता सेयर बिक्री खुला गरेको छ। बैंकले १ लाख ९५ हजार ८७० कित्ता सेयर बिक्रीका लागि सार्वजनिक गर्दै इच्छुक संस्थापक सेयरधनीहरूलाई आवेदन दिन आग्रह गरेको छ।

हाललाई यो सेयरमा केवल बैंकका संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्। सेयर खरिदका लागि इच्छुक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन प्रक्रिया काठमाडौंको नागपोखरीस्थित कुमारी क्यापिटल वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा पूरा गर्न सकिनेछ।

बैंकले तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरूबाट पर्याप्त आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई पनि सेयर खरिदका लािग अवसर प्रदान गरिने जनाएको छ।

लगानीकर्ताहरूका लागि यो अवसर बैंकिङ क्षेत्रमै आकर्षक मानिएको छ, जसले वित्तीय संस्थामा आफ्नो लगानी विस्तार गर्न चाहनेहरूलाई नयाँ सम्भावनाहरू प्रदान गर्नेछ।

मंगलबार, २९ माघ २०८१, ०७ : २६

प्रतिक्रिया