सानिमा बैंकद्वारा मान्मस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

मंगलबार, २९ माघ २०८१, १४ : ४१

काठमाडौं - सानिमा बैंकले श्री चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो लुगा हस्तान्तरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता लगायत अन्य विभिन्न क्षेत्रहरुमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ ।यसै क्रममा सानिमा बैंकको मान्म शाखाले, खाँडाचक्र नगरपालिका वडा नं १, कोइरेलगाउँ स्थित न्यानो लुगा हस्तान्तरण गरेको हो । 

कार्यक्रममा मान्म शाखाका कर्मचारीद्वारा विद्यालयका विद्यार्थीहरूलाई लुगा हस्तान्तरण गरिएको हो । चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरूको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएको हो ।

बैंकले भविष्यमा पनि समाजमा सकारात्मक विकास गर्ने किसिमका विभिन्न कार्यक्रमहरु गर्ने योजना जनाएको छ । सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरू र १२५ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

मंगलबार, २९ माघ २०८१, १४ : ४१

प्रतिक्रिया