ग्लोबल टेक्निसियन प्रतियोगितामा नेपालका बिनोद महर्जन प्रथम रनर-अप

मंगलबार, २९ माघ २०८१, १६ : १९

काठमाडौं - अल्फा अटोमोटिभ प्रा.ली का दक्ष टेक्निसियन बिनोद महर्जनले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई गौरवान्वित बनाएका छन् ।

रोयल इनफिल्ड नेपाल को आधिकारीक बिक्रेता अल्फा अटोमोटिभ प्रा.ली अन्तर्गत, नक्साल सर्भिस सेन्टरका सीनियर टेक्निसियन महर्जनले Super Squad 3.0 Global Technician Competition मा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो रनर–अप स्थान हासिल गरेका छन् । फेब्रुअरी ६, २०२५ मा भारतको चेन्नईमा सम्पन्न यस प्रतिष्ठित प्रतियोगितामा बिनोदले आफ्नो उच्च दक्षता, समर्पण, र व्यावसायिक क्षमताको उत्कृष्ट नमुना प्रस्तुत गरे ।

मोटरसाइकल मर्मत तथा प्रविधिगत समस्याहरूको समाधान गर्ने सीपमा आधारित यो प्रतियोगिता विश्वभरका ४० देशबाट छनोट भएका उत्कृष्ट टेक्निसियनबीच प्रतिस्पर्धात्मक थियो । चेन्नईको सो कार्यक्रममा रोयल इनफिल्ड इन्डिया का Global Product Head- प्रदिप मेथ्युले, महर्जन लाई बधाई सहित प्रमाणपत्र प्रदान गरे । नेपालका प्राविधिकहरू पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने महर्जनको उपलब्धिले पुष्टि गरेको छ । 

यस सफलता पश्चात्, नेपाली टेक्निसियनहरूको सीपलाई अझै निखार्ने अवसरहरू सिर्जना गर्न अल्फा अटोमोटिभ प्रा.ली आगामी दिनहरूमा पनि प्रतिबद्ध छ।

मंगलबार, २९ माघ २०८१, १६ : १९

प्रतिक्रिया