अधिकांश वाणिज्य बैंकहरूले दिए माघको ब्याजदरलाई नै निरन्तरता

बुधबार, ३० माघ २०८१, १० : ३५

काठमाडौं - वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्।

सार्वजनिक सूचना अनुसार अधिकांश बैंकहरुले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। माघ महिनामा औषतमा ६।००१ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, फागुन महिनामा पनि ६।००१ प्रतिशतविन्दु नै रहेको छ। 

२० वाणिज्य बैंकहरूमध्ये १८ बैंकले माघ महिनाकै ब्याजदरलाई कायम राखेका छन्, जसका कारण फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ६.००१ प्रतिशतविन्दुमा रहनेछ।

तर, लक्ष्मी सनराइज बैंक र ग्लोबल आईएमई बैंकले भने ब्याजदरलाई घटाएका छन्। यी दुई बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०।२५ प्रतिशतविन्दु घटाएका छन्। 

बुधबार, ३० माघ २०८१, १० : ३५

प्रतिक्रिया