शुक्रबारदेखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुँदै

बुधबार, ३० माघ २०८१, १३ : १०

काठमाडौं - शुक्रवार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुने भएको छ । ‘ सातौँ नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो’ यही २०८१ फाल्गुन २, ३ र ४ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन भएको हो ।

नेपाल भित्रका कृषि उद्यमी, व्यवसायीका साथै विदेशी व्यवसायी तथा कम्पनीहरूको प्रदर्शनी स्टल रहने छ । कृषि क्षेत्रको समस्त विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स प्रालि,फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालि तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि ले संयुक्त रूपमा ‘सातौँ नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ गर्न लागेको हो ।

यस प्रदर्शनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रवर्द्धकको मुख्य भूमिकाको रूपमा रहेको छ भने सहयोगी संस्थाहरूमा नेपाल गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल पोल्ट्री महासंघ, राष्ट्रिय दुग्ध विकास वोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि तथा राष्ट्रिय कृषक समूह महासंघ नेपाल रहेका छन् ।

प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्‍याउन साना साना औजार, मेशिनदेखी लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरूको प्रदर्शनी गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रिकीकरणमा सहयोग पुर्‍याउन यो प्रदर्शनी कोशे ढुंगा साबित हुने आयोजक कम्पनीको विश्वास छ । सबैको लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको प्रदर्शनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नवीनतम प्रविधि तथा सेवाहरूको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।

यस प्रदर्शनीमा कृषिका विभिन्न विधाहरू जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी, कृषिका मेसिनरी औजार, उपकरण, भेटेनरी, खाद्य प्रविधि बारेमा जानकारी प्राप्त गर्न सकिने छ । मुख्य प्रदर्शनी स्थलमा सबै विधाका अलग अलग समूह स्टल रहने जनाएको छ ।

बुधबार, ३० माघ २०८१, १३ : १०

प्रतिक्रिया