ग्यास उद्योगीको आन्दोलन १५ दिनका लागि स्थगित

बुधबार, ३० माघ २०८१, १६ : ०४

काठमाडौं- नेपाल एलपी ग्यास उद्योग संघले आन्दोलनका कार्यक्रम १५ दिनका लागि स्थगित गरेका छ।

उद्योग मन्त्रालयमा मन्त्री दामोदर भण्डारीसँग भएको छलफलपछि ग्यास उद्योगीहरुले आजबाट सुरु हुने भनिएको आन्दोलन १५ दिनका लागि स्थगित गरेका हुन्।

मन्त्री भण्डारीको उपस्थितिमा नेपाल आयल निगम र ग्यास उद्योगीहरुको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीच छलफल भएको थियो। छलफलमा मन्त्री भण्डारी ग्यास उद्योगीहरुको माग सम्बोधन गर्न सकारात्मक देखिएको आन्दोलन स्थगित गरिएको संघले जनाएको छ। ग्यास उद्योगीहरुका माग सम्बोधन गर्न आवश्यक गृहकार्य गर्न थप समय आवश्यक देखिएको आन्दोलन राकिएको संघको भनाइ छ।

कमिसन, ढुवानी र प्राविधिक खर्च बढाउनुपर्ने माग गर्दै संघको अगुवाइमा ग्यास उद्योगीहरु चरणबद्ध आन्दोलनमा उत्रिने तयारी गरेका थिए। उनीहरुले आजबाट ग्यास खरिद आवेदन नपठाउने निर्णय गरेका थिए।

बुधबार, ३० माघ २०८१, १६ : ०४

प्रतिक्रिया