काठमाडौं - भक्तपुरको सल्लाघारी दुवाकोट मोडस्थित 'ओल्ड टाउन रेस्टुरेन्ट एण्ड कफी सपुले' मट्का बिर्यानीको अनौठो स्वाद र अर्गानिक परिकारहरूका लागि चर्चा कमाएको छ।
ग्राहकहरूको मन जित्दै आइरहेको यो रेस्टुरेन्टले बिर्यानीदेखि पिज्जा, बर्गर, पास्ता, मस्म, चाउमिन, सेकुवा, र थुक्पा जस्ता अनेक परिकारहरूमा अपूर्व स्वाद प्रस्तुत गर्दै, भक्तपुरका स्थानीय र बाहिरी पाहुनाहरूलाई तृप्त बनाउँदै आएको छ।
'ओल्ड टाउनु रेस्टुरेन्ट भक्तपुरका ग्राहकहरूको सस्तो, हाइजेनिक र स्वादिलो खाना आवश्यकता पूरा गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको थियो। यसको प्रमुख आकर्षण भनेको मट्का बिर्यानी हो, जसका बारेमा रेस्टुरेन्टका सञ्चालकले भने,'हामीले बजार अध्ययन गर्दा, जहाँजहाँ बिर्यानी खाएका थियौं, ती सबैको स्वाद उस्तै थियो। तर हामीले विशेष गरी मट्का बिर्यानी बनाउन थालेका छौं, जसले फरक स्वाद र गुणस्तर प्रस्तुत गर्दछ।'
२५ लाखको लगानीमा चार वर्ष अघि सुरु गरिएको'ओल्ड टाउन' रेस्टुरेन्टले भक्तपुरभरि फ्री डेलिभरी सेवा पनि प्रदान गर्दै मट्का बिर्यानीको विशेषता फैलाएको छ। यसले रेस्टुरेन्टको भिडमा छुट्टै स्थान बनाएको छ र स्थानीय ग्राहकहरूको मन जितेको छ।
रेस्टुरेन्टका सञ्चालकका अनुसार,'हामीले विभिन्न प्रकारका पसल र होटलहरूको स्वाद चाखेका थियौं, तर कहीं पनि यस्तो अनौठो स्वाद पाउन सकेका थियौं। त्यसैले हामीले भिन्न शैलीमा, उच्च गुणस्तरीय र हाइजेनिक तरिकामा बिर्यानी र अन्य परिकारहरू बनाएर ग्राहकमाझ ल्याएका छौं।'
यसले मात्र भक्तपुरमा होइन, आसपासका क्षेत्रमा पनि आफ्नो स्वाद र सेवा फैलाउँदै गएको छ।
प्रतिक्रिया