काठमाडौं - भ्यालेन्टाइन्स डेको मौकामा एम्पेयर इलेक्ट्रिक स्कुटर खरिद गर्दा प्रेमिल जोडीको उमेरका आधारमा विशेष छुट पाइने भएको छ ।
नेपालमा केडिया अर्गनाइजेसन अन्तर्गतको केडिया इन्टरनेसनल प्रालिले विशेषा छुट दिने गरी यो योजना सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत जोडीहरूले आफ्नो संयुक्त उमेर बराबरको छुट पाउने भएका छन् । कम्पनीका अनुसार प्रेमीको उमेर २५ वर्ष र प्रेमिकाको उमेर २० वर्ष भएमा सो स्कुटरमा ४५ हजार रुपैयाँको छुट प्रदान गरिनेछ।
यस छुटको अधिकतम सीमा एक लाख ५० हजार रुपैयाँ रहेको कम्पनीको भनाइ छ । यो अफर एम्पेयरको ‘प्रिमस’ मोडलमा लागू हुनेछ भने विवाहित वा अविवाहित दुवै खालका जोडीले यस अफरमा सहभागिता जनाउन सक्नेछन् । कम्पनीका अनुसार एम्पेयर प्रिमस स्कुटर किन्दा छुट पाउनका लागि ग्राहकहरूले आफ्नो नागरिकता प्रमाणपत्र र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिएर आधिकारिक एम्पेयर शोरुममा जानुपर्नेछ ।
यस कम्पनीको शोरूम टेकु, इटहरी, भक्तपुर बिर्तामोड, पोखरा र भैरहवामा अवस्थित छ । यो अफर भ्यालेन्टाइन्स डे अथवा फेब्रुअरी १४,शुक्रबारसम्म मात्र सीमित रहेको छ । भारतको चर्चित ईभी ब्रान्ड एम्पेयर इलेक्ट्रिक स्कुटरले नेपालमा म्याग्नस, प्रिमस र नेक्सस गरी तीन प्रकारका मोडल वितरण गरिरहेको छ। एम्पेयरको प्रिमस इलेक्ट्रिक स्कुटरको अधिकतम गति ७७ किलोमिटर प्रति घण्टाको रहेको छ ।
कम्पनीका अनुसार शून्यदेखि ४० किलोमिटर प्रति घण्टाको गतिमा पुग्न यसलाई ४।२ सेकेन्ड मात्र लाग्छ । यो स्कुटर एक पटक चार्ज गर्दा पावर मोडमा १०७ किलोमिटरसम्म गुडाउन सकिन्छ । यस स्कुटरको मोटर, ब्याट्री र गाडीमा तीन वर्ष वा ३० हजार किमिसम्मको वारेन्टी पाउन सकिनेछ ।
यस स्कुटरको १८६ एनएम टर्क र १४ डिग्री उकालो चढ्ने क्षमता रहेको छ । स्कुटरमा ३ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ भने ४८ भोल्टको यो ब्याट्रीलाई फुल चार्ज हुन पाँच घण्टा लाग्ने कम्पनीको दाबी छ ।
एम्पेयरको प्रिमस इलेक्ट्रिक स्कुटरको डिक्की २२ लिटरको क्षमताकासाथ आउँछ। यसमा सुरक्षाका लागि साइड स्ट्यान्ड सेन्सर, एलईडी हेड लाइट दिइएको छ । साथै, हेलोजनका टेल लाइट र टर्निङ लाइट यस स्कुटरमा पाउन सकिनेछ ।
प्रतिक्रिया