काठमाडौं - सामसङ नेपालले आफ्नो ग्यालेक्सी एस२५ सिरिजको प्रि–अर्डरमा नयाँ रेकर्ड कायम भएको घोषणा गरेको छ । ग्यालेक्सी एस२४ सिरिजको तुलनामा यस पटकको प्रि–अर्डर ६० प्रतिशतले बढेको कम्पनीले जनाएको छ।
अब यी स्मार्टफोनहरू नेपाली बजारमा खरिदका लागि उपलब्ध छन्। सामसङ र गुगल एपहरुबीच सहज अन्तरक्रिया गर्न झन् सरल बनाउन वन युआई ७ को साथमा जेमिनी अब ४६ भाषामा उपलब्ध छ। सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले नयाँ एस सिरिज – ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५ं र ग्यालेक्सी एस२५ एकदमै लोकप्रिय भएको बताए।
‘यी स्मार्टफोनहरूले वास्तविक एआई सहायकको नयाँ मापदण्ड स्थापित गर्दै प्रयोगकर्ताहरूलाई सहज र सन्दर्भ अनुकूल मोबाइल अनुभव प्रदान गर्छन्’, उनले भने, ‘हामीलाई विश्वास छ कि ग्यालेक्सी एस२५ सिरिजले प्रयोगकर्ताहरूको दैनिक जीवनलाई अझ सहज बनाउने एआई समाधानहरू अपनाउन प्रेरित गर्नेछ।’
ग्यालेक्सी एस२५ सिरिजमा एआई एजेन्टहरू वन युआई ७ प्लेटफर्मसँग मिलेर काम गर्छन्, जसले विभिन्न एपहरूबीच सहज रूपमा जटिल कार्यहरू गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नाउ ब्रिफले दिनभरिको लागि आवश्यक हुने सुझावहरू प्रदान गर्छ भने नाउ बारले फोनमा चलिरहेका सबै गतिविधिहरूको लागि एकै ठाउँमा पहुँच दिन्छ। लेखनलाई प्रभावकारी बनाउने राइतिंग असिस्ट देखि रचनात्मकतालाई नयाँ उचाइमा पु¥याउन ड्रइंग असिस्ट सम्म, ग्यालेक्सी एआईको विस्तारित क्षमताहरूले प्रयोगकर्ताहरूलाई हरेक दिन नयाँ अनुभव दिनेछ।
यस सिरिजमा अन्तरक्रियाहरू झन् स्वाभाविक भएका छन्। एक मात्र आदेश दिएर जेमिनीले तपाईँको मन पर्ने सपोर्टस् टिमको स्केजुअल खोजेर तपाईँको सामसङ क्यालेन्डरमा थप्न सक्छ। साथै, गुगलको इनहान्स गरिएको सर्कल टु सर्चले अब एआई ओभरभीउहरु र एक–ट्याप एक्सनहरू मार्फत झन् उपयोगी जानकारी प्रदान गर्छ।
ग्यालेक्सी एस२५ सिरिजमा प्रयोग भएको ग्यालेक्सीको लागि बनेको स्न्यापड्रागन ८ एलिटले अन–डिभाइस प्रोसेसिङलाई उच्च बनाउँदै अधिक प्रतिक्रियाशील एआई अनुभव प्रदान गर्छ। ग्यालेक्सीका लागि विशेष रूपमा कस्टमाइज गरिएको प्रोस्केलर र सामसङ डिजिटल न्याचुरल इमेज इन्जिन ९एमडीएनआईई० प्रविधिले एआई–आधारित इमेज प्रोसेसिंगमा सुधार गर्छ र ब्याट्री खपतलाई प्रभावकारी बनाउँछ।
ग्यालेक्सी एस२५ अल्ट्राको नयाँ ५० एमपि अल्ट्रावाइड क्यामेराले हरेक कोणबाट अद्वितीय स्पष्टताका साथ फोटो खिच्ने क्षमता दिन्छ। भर्चुअल अप्यारेचार र सामसङ लग जस्ता प्रो–ग्रेड कन्ट्रोलहरूले फोटो तथा भिडियोहरूलाई सिनेम्याटिक बनाउँछ।
साथै, यो सिरिज कन्टेन्ट क्रेदेन्सियलस् समर्थन गर्ने पहिलो स्मार्टफोन सिरिज हो, जुन कोओलिशन फर कन्टेन्ट प्रोभेनेन्स एण्ड अठेन्तिसिती (सी२पिए) को प्रविधिमा आधारित छ। यसका माध्यमबाट डिजिटल कन्टेन्टको विश्वसनीयता बढाउन मद्दत पुग्छ। सामसङले एआई–आधारित कन्टेन्ट निर्माणलाई पारदर्शी बनाउन यस मानकलाई अवलम्बन गरेको छ।
सामसङले ग्यालेक्सी एस२५ सिरिजका सबै स्मार्टफोनहरूमा ६ महिना सम्म जेमिनी एडभान्स्ड सेवा र २ टीबी क्लाउड स्टोरेज निःशुल्क प्रदान गर्नेछ। जेमिनी एडभान्स्डमा सामसङको सबैभन्दा शक्तिशाली एआई मोडेलहरू उपलब्ध छन्, जसले प्रयोगकर्ताहरूलाई नयाँ जेम्स (कस्टम एआई एक्सपर्ट) तथा डिप रिशर्च (एआई रिशर्च असिस्टेन्ट) जस्ता विशेष सुविधाहरू दिन्छ।
फाल्गुन २, २०८१ देखि ग्यालेक्सी एस२५ सिरिज सबै सामसङ आधिकारिक स्टोरहरूमा उपलब्ध भएका छन्। ग्यालेक्सी एस२५ अल्ट्रा टाइटेनियम सिल्भरब्लु, टाइटेनियम ब्ल्याक, र टाइटेनियम ह्वाइटसिल्भर रङ्गमा उपलब्ध छन्। ग्यालेक्सी एस२५ं र ग्यालेक्सी एस२५ नेभी, सिल्भर श्याडो, र आइसिब्लु रंगमा उपलब्ध छन्।
फेब्रुअरी १४ देखि, ग्यालेक्सी एस२५ सिरिज नेपालभरिका सबै सामसङ अधिकृत स्टोरहरूमा उपलब्ध भएको कम्पनीले उल्लेख गरेको छ। ग्यालेक्सी एस२५ अल्ट्रा टाइटेनियम सिल्भरब्लु, टाइटेनियम ब्ल्याक, र टाइटेनियम ह्वाइटसिल्भर रंगमा उपलब्ध छ। ग्यालेक्सी एस२५ र ग्यालेक्सी एस२५ं नेभी, सिल्भर श्याडो, र आइसिब्लु रंगमा उपलब्ध छन्।
अतिरिक्त रूपमा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सञ्चालन गरेको सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले नवीनतम उपकरणहरू सजिलै ईएमआई विकल्पहरूसहित प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ।
जसको सुरुवात ५ हजार २५० रुपैयाँ र महिनामा ० प्रतिशत ब्याजदरमा हुन्छ। यो प्रक्रिया झन्झटरहित र सुरु गर्न केवल नागरिकताको आवश्यकता पर्छ। साथै, सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत १ वर्षको लागि १–टाइम ब्रेकज इन्स्योरेन्स पनि प्रदान गरिरहेको छ। त्यस्तै, ग्यालेक्सी एस२५ सिरिजमा अपग्रेड गर्न चाहने ग्राहकहरूले आफ्नो पुराना फोनहरू सबकोफोन र आर्कोस्टोर मार्फत एक्सचेन्ज गर्न सक्नेछन्।
ग्यालेक्सी एस२५ अल्ट्रा १२जीबीर५१२जीबीको १ लाख ९९ हजार ९९९, १२ जीबीर२५६ जीबीको १ लाख ८४ हजार ९९९, ग्यालेक्सी एस२५ प्लस १२जीबीर५१२ जीबीको १ लाख ४१ हजार ९९९, ग्यालेक्सी एस२५ १२जीबीर५१२ जीबीको १ लाख १४ हजार ९९९ तथा १२जीबीर१२८ जीबीको मूल्य १ लाख ४ हजार ९९९ रुपैयाँ रहेको छ।
प्रतिक्रिया