ट्रायम्फ नेपालद्वारा स्क्र्याम्बलर ४०० एक्सको नयाँ कलर भेरिएन्ट पर्ल ह्वाइट सार्वजनिक

आइतबार, ०४ फागुन २०८१, १५ : २९

काठमाडौं - नेपालमा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि द्वारा आधिकारिक रूपमा वितरण गरिने ट्रायम्फ मोटरसाइकल्स ले स्क्र्याम्बलर ४००एक्स को नयाँ पर्ल ह्वाइट भेरिएन्ट सार्वजनिक गरेको छ। 

यो भव्य अनावरण बाइक फेस्ट २०२५ को अवसरमा सम्पन्न भएको थियो, जहाँ ट्रायम्फ नेपालका म्यानेजर श्री सागर थापा ले उद्घाटन गरे। नेपालमा ट्रायम्फ मोटरसाइकल्सले अक्टोबर २०२४ मा पहिलो पटक आफ्नो उपस्थिती जनाएको थियो, जहाँ स्क्र्याम्बलर ४००एक्स र स्पीड ४०० सार्वजनिक गरिए। विशेष गरी स्क्र्याम्बलर ४००एक्स ले नेपालका बाइक प्रेमीहरूबाट उच्च लोकप्रियता हासिल गरेको छ।

यसको मजबुत बनावट, शक्तिशाली इन्जिन, तथा अफ-रोड र अन-रोड दुबैमा चल्ने क्षमताले साहसिक यात्राका पारखीहरूलाई विशेष रूपमा आकर्षित गरिरहेको छ। त्यस्तै, स्पीड ४०० सहरमा सजिलो र आकर्षक यात्रा गर्नेहरूका लागि लोकप्रिय विकल्प बनेको छ।

पर्ल ह्वाइट स्क्र्याम्बलर ४००एक्स को आगमनसँगै, ट्रायम्फ नेपालले ग्राहकहरूलाई नयाँ शैलीको विकल्प प्रदान गर्दै बाइकको उत्कृष्ट प्रदर्शन र बहु उपयोगी विशेषता जोगाइराख्न खोजेको छ। ग्राहकहरूको सकारात्मक प्रतिक्रियाले ट्रायम्फ नेपाललाई बिक्री तथा बिक्रीपछिको सेवा विस्तार गर्न प्रेरित गरेको छ।

नेपालमा ट्रायम्फ मोटरसाइकलहरू प्रति ग्राहकहरूको माग अत्यधिक रहेकोले, कम्पनीले आफ्नो बिक्री तथा सेवा केन्द्रको क्षमता बढाउने निर्णय लिएको छ। यसले ग्राहकहरूलाई सुविधाजनक मर्मत सेवा प्रदान गर्ने र उत्कृष्ट ग्राहक अनुभव सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

लन्च कार्यक्रममा बोल्दै ट्रायम्फ नेपालका म्यानेजर तथा चर्चित मोटोभ्लगर सागर थापाले भने, “स्क्र्याम्बलर ४००एक्स नेपालका बाइक प्रेमीहरूको मन जित्न सफल भइसकेको छ। नयाँ पर्ल ह्वाइट भेरिएन्टले यस बाइकलाई झनै आकर्षक बनाउनेछ। नेपाली बजारमा ट्रायम्फको माग निरन्तर बढिरहेको छ, जसले हामीलाई अझ उत्कृष्ट सेवा दिन प्रेरित गरिरहेको छ।”

नयाँ पर्ल ह्वाइट स्क्र्याम्बलर ४००एक्सको मूल्य रु.६,९९,९०० तोकिएको छ, जुन नेपालभरका सबै आधिकारिक ट्रायम्फ डिलरशिपहरू मार्फत उपलब्ध हुनेछ। ग्राहकहरूले ट्रायम्फ नेपालको आधिकारिक सोरुम, वेबसाइट, वा नजिकैको डिलर मा सम्पर्क गरेर थप जानकारी लिन सक्नेछन्।
 

आइतबार, ०४ फागुन २०८१, १५ : २९

प्रतिक्रिया