सानिमा बैंक र ब्रिटिश इन्टरनेशनलबीच सम्झौता

मंगलबार, ०६ फागुन २०८१, १६ : ४६

काठमाडौं -  सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसीबीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ । 

उक्त सम्झौता अनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा प्रयोग गरिनेछ । 

यस साझेदारीले सानिमा बैंकको ट्रेड फाइनान्स सर्भिसलाई महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । उक्त सम्झौतामा बैंक सीईओ निश्चलराज पाण्डे र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टका लगानी निर्देशक एडमिर इमामीले य हस्ताक्षर गरेका छन् । 

यस साझेदारीले नेपालको ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै दिगो ऊर्जा स्रोतहरू परिचालन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने बैंकको विश्वास छ । देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरू तथा १२६ वटा एटिएमहरु संचालनमा रहेको बैंकले उल्लेख गरेको छ ।  
 

मंगलबार, ०६ फागुन २०८१, १६ : ४६

प्रतिक्रिया