प्रोटन इमास ७ को पान नेपाल भ्रमण सुरु

बुधबार, ०७ फागुन २०८१, १५ : ५९

काठमाडौं- नेपालको बहुप्रतिक्षित इभी कार प्रोटनले आज काठमाडौँबाट आफ्नो इमास ७ पान नेपाल भ्रमण सुरु गर्दैछ । यो भ्रमण मलेसियाली इमास ७ भ्रमणको विस्तार हो ।

भ्रमणमा  नेपालका ७ प्रदेशहरूमा प्राविधिक नवप्रवर्तन र अन्वेषणको रोमाञ्चक यात्रालाई प्रदर्शित गर्नेछ । यो भ्रमणले इमास ७ को नवीन प्रविधि र अतुलनीय ड्राइभिङ अनुभव प्रदर्शन गर्दै यसको दिगोपन, पर्यावरणमैत्री गतिशीलता र समाधानहरूप्रति ब्रान्डको प्रतिबद्धतालाई पनि देखाउनेछ ।

प्रोटन इमास ७ भ्रमणले नेपाली उपभोक्ताहरूलाई सवारी साधनको प्रत्यक्ष अनुभव गराउन संलग्न गराउने लक्ष्य राखेको छ । यसले तराई, पहाडी सडकदेखि हिमाली क्षेत्रहरूसम्मका विविध भूभाग र परिदृश्यहरू समेट्ने छ । भ्रमणबारे जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु क्षेत्री भन्छन्,‘ प्रोटन इमास ७ नेपालको अद्वितीय भू-भाग परीक्षण गर्न यो यात्रामा निस्कन पाउँदा गर्व गर्छ । यो भ्रमणले ग्राहकहरुसँगको सम्बन्ध बलियो बनाउन, सबै क्षेत्रका ग्राहकलाई प्रोटन इमास ७ को बारेमा जानकारी दिन मद्दत गर्नेछ ।'

प्रोटोन इमास ७ को टिकाउपन, विश्वसनीयता र गुणस्तरले यसको इन्जिनियरिङ उत्कृष्टतालाई देखाउछ । मार्च २०२५ मा नेपालमा लन्च हुने प्रोटन इमस ७ दुई भेरियन्ट प्राइम र प्रिमियममा उपलब्ध हुनेछ ।

प्रोटन इमास ७ भ्रमणको थप जानकारी लिनका लागि सामाजिक सञ्जालमा फलो गर्न र वेबसाइटमार्फत् सवारी साधनहरूको बारेमा
जानकारी लिन सकिने बताइएको छ ।  

बुधबार, ०७ फागुन २०८१, १५ : ५९

प्रतिक्रिया