काठमाडौं- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा ८ अर्ब ८४ करोड ८६ लाख ९८ हजार राजस्व संकलन गरेको छ ।
मेची भन्सार कार्यालयका अनुसार चालु आवको माघ महिनासम्ममा ९ अर्ब ६० करोड ९२ लाख १५ हजार राजस्व संकलन गर्ने लक्ष्य थियो । गत आव २०८०/८१ को सोही अवधिमा राजस्व आठ अर्ब ९० करोड सात लाख ६७ हजार राजस्व संकलनको लक्ष्य रहेकामा त्यसमध्ये ७६ दशमलव १० प्रतिशत मात्रै राजस्व संकलन भएको थियो ।
चालु आवको सात महिनामा पेट्रोलियम पदार्थको आयतबाट पाँच अर्ब २८ करोड १४ लाख २२ हजार राजस्व संकलन भएको छ । यसैगरी तरकारीको आयतबाट ४४ करोड २५ लाख ४२ हजार, यातायातका साधन र तिनका पाटपुर्जाबाट २४ करोड ७५ लाख ९१ हजार, दलहनबाट १५ करोड ९६ लाख ८५ हजार, खनिज उत्पादनबाट १५ करोड ७३ लाख २५ हजार राजस्व संकलन भएको छ ।
चालु आवको सात महिनामा १६ अर्ब चार करोड ४८ लाख ६३ हजार बराबरको वस्तु निर्यात हुँदा ९ करोड २२ लाख २९ हजार र २७ अर्ब ३४ करोड ५३ लाख ८१ हजार बराबरको वस्तु आयात गरिँदा ८ अर्ब ७५ करोड ६४ लाख ६३ हजार राजस्व संकलन भएको छ ।
प्रतिक्रिया