पेट्रोलियम पदार्थको आयात कुल निर्यातभन्दा धेरै

शुक्रबार, ०९ फागुन २०८१, १६ : २१

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार १३.३ प्रतिशतले बढेर .१,११५ अर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ।

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्यांकअनुसार आयात १०.०९ प्रतिशतले बढेर ९८८ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ भने निर्यात ४६.५० प्रतिशतले बढेर  १२७ अर्ब २० करोड रुपैयाँ पुगेको छ।

व्यापार घाटा भने ६.२० प्रतिशतले बढेर ८६१ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ, जसले आयातित वस्तुमाथिको निरन्तर निर्भरतालाई देखाउँछ।

निर्यात-आयात अनुपात १०.३४ बाट ७.७७ मा झरेर २४.८५ प्रतिशतले सुधार भएको छ। कुल व्यापारमा निर्यातको हिस्सा अघिल्लो वर्षको ८.८२ प्रतिशतबाट बढेर ११.४० प्रतिशत पुगेको छ। आयातको हिस्सा भने २.८३ प्रतिशतले घटेर ८८.६० प्रतिशत रहेको छ।

समीक्षा अवधिमा डिजेल देशको सबैभन्दा ठूलो आयातित वस्तु रहेको छ। २०८१/८२ को पहिलो सात महिनामा नेपालले ६६ अर्ब ४८ करोड रुपैयाँ बराबरको ७३९,१४७ किलोलिटर डिजेल आयात गरेको छ। त्यसपछि क्रमशः कच्चा भटमासको तेल (३८ अर्ब २९ करोड रुपैयाँ), पेट्रोल (३७ अर्ब ६४ करोड रुपैयाँ), एलपी ग्यास (३५ अर्ब ४७ करोड रुपैयाँ) र फलामको कच्चा पदार्थ (२९ अर्ब ९५ करोड रुपैयाँ) रहेका छन्।

समीक्षा अवधिमा भटमासको तेल देशको सबैभन्दा ठूलो निर्यात वस्तु रहेको छ। तथ्यांकअनुसार २०८१/८२ को पहिलो सात महिनामा नेपालले ३२ अर्ब ४१ करोड रुपैयाँ बराबरको १५८,१३८ टन भटमासको तेल निर्यात गरेको छ। त्यसपछि क्रमशः सूर्यमुखी तेल (६ अर्ब ५७ करोड रुपैयाँ), गलैँचा (६ अर्ब ४६ करोडरुपैयाँ), अलैँची (५ अर्ब ३९ करोड रुपैयाँ) र चिया (३ अर्ब १८ करोड रुपैयाँ) रहेका छन्।

facebook sharing button

twitter sharing button

messenger sharing button

whatsapp sharing button

viber sharing button

शुक्रबार, ०९ फागुन २०८१, १६ : २१

प्रतिक्रिया