नेपाली बजारमा निसान म्याग्नाइटको फेसलिफ्ट संस्करण सार्वजनिक

शनिबार, १० फागुन २०८१, १२ : ०४

काठमाडौं - नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण सार्वजनिक गरेको छ । यो नयाँ म्याग्नाइटको प्रारम्भिक मूल्य ३४ लाख ७५ हजार देखि सुरू हुन्छ ।

WhatsApp Image 2025-02-22 at 11.19.51 AM

नयाँ म्याग्नाइटले अझ 'बोल्डर' डिजाइन, उत्कृष्ट सुरक्षा विशेषताहरू र अत्याधुनिक प्रविधिसहितको अनुभव प्रदान गर्दछ। यसले ग्राहकलाई उत्कृष्ट मूल्यका साथ अद्वितीय ड्राइभिङ अनुभव सुनिश्चित गर्ने वचन दिएको छ। यस संस्करणमा चारवटा 'रिफ्रेस्ड' भेरिएन्टहरू उपलब्ध छन्, जसमा 'भिजिया', 'एक्सेन्टा', 'एन–कनेक्टा' र 'टेक्ना–प्लस' समावेश छन्।WhatsApp Image 2025-02-22 at 11.20.42 AM

उपलब्ध हरेक विशेषतासहितको शीर्ष भेरिएन्टको मूल्य ५२ लाख ९९ हजार रुपैयाँसम्म पर्न जान्छ, जबकि भिजिया र एक्सेन्टाको मूल्य यथावत राखिएको छ। नयाँ म्याग्नाइटका कुल १३ प्रकारका 'कन्फिगरेसन' उपलब्ध छन्, जसमा टर्बो-पेट्रोल र नेचुरली एस्पिरेटेड इञ्जिनका साथ म्यानुअल र अटोमेटिक ट्रान्समिसनका विकल्प छन्।

निसान म्याग्नाइटको नयाँ फेसलिफ्टको सार्वजनिक कार्यक्रम काठमाडौंको थापाथलीस्थित निसानको सोरुममा सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन पायोनियर मोटोकर्पका प्रमुख प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, निर्देशक गौरव शारडा, ग्रुप अध्यक्ष धिरेन तामाङ, महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्द र सिनियर म्यानेजर राजकुमार ढकाल लगायतका प्रमुख अतिथिहरुको उपस्थितिमा गरिएको थियो।

नयाँ निसान म्याग्नाइटले ४० भन्दा बढी स्ट्यान्डर्ड सुरक्षा विशेषतासहित ५५ सुरक्षा सुधारहरूसँग सुरक्षाको नयाँ मापदण्ड स्थापित गरेको छ। यसको 'हाइ–टेन्साइल स्टिल केज बडी' र 'इम्प्याक्ट एब्जर्बिङ कम्पोनेन्ट'हरूले उच्च सुरक्षा प्रदान गर्दछ। प्रत्येक भेरिएन्टमा ६ वटा एयरब्याग, ३–पोइन्ट सिटबेल्ट र सिटबेल्ट–रिमाइन्डर प्रणाली समावेश गरिएको छ।

सुविधाको दृष्टिले, नयाँ म्याग्नाइटले आकर्षक डिजाइनसँगै 'डुअल–टोन ग्रिल', 'फ्लोटिङ स्किड प्लेट', र श्रेणी–उत्कृष्ट 'थ्रीडी हनिकम्ब ग्रेडियन्ट इफेक्ट'सहितका एलईडी टेलल्याम्प जस्ता तत्वहरू प्रस्तुत गरेको छ। यसमा ३६० लेदर-प्याक समावेश छ, जसमा लेदरेट मोडिएको ड्यासबोर्ड, लेदरेट सिटहरू र अन्य उच्च गुणस्तरीय इन्टेरियर ट्रिमहरू छन्।

यस गाडीमा उच्च प्रविधिको समावेशीकरण पनि गरिएको छ। यसमा 'इलेक्ट्रोनिक बेजल–लेस अटोडिमिङ आइआरभीएम', 'कन्टिन्युअस मल्टि–कलर एम्बिएन्ट लाइटिङ', र 'प्लाज्मा क्लस्टर आयोनाइजर' जस्ता विशेषताहरू छन्, जसले ड्राइभिङ अनुभवलाई थप सुविधाजनक र आधुनिक बनाउँछ।

नयाँ निसान म्याग्नाइटले 'बिग, बोल्ड, एन्ड ब्युटिफुल' नारासँग एसयूभी सेगमेन्टमा नयाँ मापदण्ड स्थापित गर्दै, प्रिमियम सुविधाहरूलाई प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराएको छ। यसले पहिलो पटक सन् २०२० को डिसेम्बरमा विश्वव्यापी रूपमा र सन् २०२१ मा नेपाली बजारमा लन्च भएको थियो, र त्यसपछि १ लाख ५० हजार भन्दा बढी इकाइको बिक्री पार गरेको छ।

शनिबार, १० फागुन २०८१, १२ : ०४

प्रतिक्रिया