नेपाल बैंकको अध्यक्षमा पंज्ञानी नियुक्त

मंगलबार, १३ फागुन २०८१, ११ : २९

काठमाडौंं - नेपाल बैंक लिमिटेडको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन् । 

कम्पनी सञ्चालक समितिको फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा पंज्ञानीलाई नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष पंज्ञानीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट फागुन १२ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेको बैंकले जनाएको छ ।

Capture

मंगलबार, १३ फागुन २०८१, ११ : २९

प्रतिक्रिया