काठमाडौं - महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालि ले आगामी फाल्गुण १८ गतेदेखि २३ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्टको आयोजना गर्ने भएको छ।
यस क्याम्पमा महिन्द्राका ग्राहकहरूले ४५–पोईन्टको फ्री चेकअपको सुविधा प्राप्त गर्नेछन्। यस अवसरमा, ग्राहकहरूले फ्रि लेबर चार्ज, फ्रि वाशिंग, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्समा १०५ छुट, स्पेयर पार्ट्समा ५०५ सम्म छुट, र १०५ विस्तारित छुट कुपनका साथै अन्य आकर्षक उपहारहरूको फाइदा लिन सक्नेछन्।
महिन्द्राका ग्राहकहरूले नेपालका विभिन्न स्थानमा रहेका आधिकारिक सर्भिस सेन्टरमा गएर यस केयर फेस्टमा सहभागी हुन सक्नेछन्। यो कार्यक्रम महिन्द्राले हरेक वर्ष आयोजना गर्दै आएको हो, र यसपालि पनि ग्राहकहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ। यस अवसरमा, ग्राहकहरूले महिन्द्राका गाडीहरूको उत्कृष्ट सेवा सुविधा र विशेष अफरहरूको फाइदा उठाउन सक्नेछन्।
साथै, अग्नि ग्रुपको अर्को सहायक कम्पनी अग्नि आस्था प्रालि ले महिन्द्राका गाडीहरू खरिद, बिक्री, वा एक्सचेन्ज गर्दा आकर्षक अफर पनि प्रस्तुत गरेको छ। साथै, महिन्द्राका सर्टिफाइड सेकण्ड ह्यान्ड गाडीहरू खरिद गर्दा पनि आकर्षक अफरहरू उपलब्ध छन्। यो सेवा काठमाडौँ, भैरहवा, इटहरी, पोखरा र चितवनमा उपलब्ध हुनेछ।
केयर फेस्टको अवसरमा सर्भिस बुकिङ वा थप जानकारीका लागि ग्राहकहरूले टोल फ्रि नम्बर १६६००–१००–२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२(एनसेल) मा सम्पर्क गर्न सक्नेछन्।
प्रतिक्रिया