कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ मार्फत मुद्दती खाता खोल्न सकिने

बुधबार, १४ फागुन २०८१, १० : ५७

काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर गदैँ बैंकको मोबाइल बैंकिङ एपबाट सजिलै मुद्दती खाता खोल्न सकिने भएको छ ।

अब ग्राहकहरूले बैंकमा भौतिक रूपमा उपस्थित नभई कामना सेवा विकास बैंकको मोबाइल एप, के.एस. आइ मोबाइल बैंकिङ मार्फत सहज, सुरक्षित र छिटो तरिकाले मुद्दती खाता खोल्न सक्नेछन् ।

ग्राहकहरूले अब बैंकमा जानु पर्ने झन्झटबाट मुक्त हुँदै घरमै बसेर, कुनै पनि समय, मोबाइल एप प्रयोग गरी मुद्दती खाता खोल्न सक्नेछन् । के एस आइ मोबाइल बैंकिङमा लगइन गरी फिक्स डिपोजिट छनौट गरी आफूले चाहेको निक्षेप रकम भरी सजिलै यो सेवा लिन सकिनेछ ।

बैंकले प्रविधिको विकासलाई आत्मसात् गर्दै ग्राहकहरूको समय, सुविधा र सुरक्षालाई प्राथमिकता दिँदै बैंकिङ प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको छ ।
 

बुधबार, १४ फागुन २०८१, १० : ५७

प्रतिक्रिया